पुनःनिर्माणका अनुभव र सिकाइ बाँड्न अन्तरराष्ट्रिय सम्मेलन


भूकम्पपछिको पुन ः निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आगामी महिना सम्मेलन आयोजना गरिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ ।

सम्मेलनलाई लक्ष्यित गरी वेबसाइट पनि आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । धधध।ष्अलच।लचब।नयख।लउ ठेगानाको वेबसाइटमा सम्मेलनसम्बन्धी सूचना राखिएको छ । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि २०७२ साल असार १० गते पुनःनिर्मााण्का लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउन लागिएको जानकारी दिनुभयो ।

सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिम मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ । सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिनुभयो ।

आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुन ः निर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भएको छ । प्राधिकरणले अहिले लेखापरीक्षणको काम गराइरहेको जनाइएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक एवम् प्राधिकरण कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनःनिर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको जानकारी दिनुभयो । सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवम् विभिन्न सङ्घसंस्थालाई आमन्त्रण गरिएको उहाँले सुनाउनुभयो ।

सम्मेलनले नेपाललाई विश्वमा प्रवद्र्धन गर्नसमेत सहयोग गर्ने आशा गरिएको छ । सम्मेलनलाई लक्ष्यित गरी सार्वजनिक गरिएको वेबसाइटमा कार्यक्रमसम्बन्धी महत्वपूर्ण सूचना एवम् गतिविधि समावेश गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई नयाँ वेबसाइटमा गई अनलाइन माध्यमबाट नाम दर्ता गर्न अनुरोध गरेको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण भत्केका संरचना पुनःनिर्मााणका लागि त्यसै वर्ष पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

स्थापनाअघि विसं २०७२ असार १० गते सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनमा रु चार खर्ब १० अर्ब वैदेशिक सहयोगको प्रतिबद्धता भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनःनिर्माणका लागि वास्तविक प्रतिबद्धता रकम रु तीन खर्ब २१ अर्ब रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये रु तीन खर्ब १३ अर्बको सम्झौता भइसकेको छ । यो कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope