बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । तेजाबी सुनकोे मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २६५ पुगेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।–––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस