गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई


गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन ।

यस्तै गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, २०७८ बाट युनियनका पूर्व जिल्ला अध्यक्ष कुमोद अधिकारी र पूर्व जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई सम्मानित गरिने नेपाल प्रेस युनियन मोरङका सचिव गोपाल पोखरेलले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । सो पुरस्कार यही कात्तिक १७ गते प्रदान गरिने सचिव पोखरेलले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope