परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा


राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकले कक्षा ४ र ५ तथा कक्षा ९ र १० का लागि परीक्षण गरिएका नेपाली अंग्रेजी, गणित, विज्ञान तथा वन वातावरण, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक र सिर्जनात्मक कलाजस्ता अनिवार्य र केही ऐच्छिक विषयका पाठ्यक्रमलाई ‘मास’ स्तरमा लाने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कक्षा ९ र १० मा भने सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको साटो सामाजिक अध्ययन विषय हुनेछ भने स्वास्थ्य शारीरिक विषय हुनेछैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope