देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध ः मन्त्री कार्की


सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका–७ मा सोमबार नेपाली कांग्रेस बराहाक्षेत्र नगर कार्य समितिले आयोजना गरेको कोशी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको प्राथमिकता विकासको सिर्जना गरेर समृद्धिको बाटोतर्फ अग्रसर गराउने भएकाले त्यसतर्फ अहिलेको सरकार बचनबद्ध र प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

बैदेशिक लगानी भित्र्याएर स्वदेशको पुँजीलाई परिचालन गर्दै देशमा रहेको बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माण गर्ने विषयमा पनि सबै एकै ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । “आस्थाका आधारमा जो जुनसुकै पार्टीमा भए पनि विकास निर्माणका लागि सबै एक ठाउमा उभिनुपर्छ”, उहाँले भन्नुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope