महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि कञ्चनरुप नगरपालिकामा विभिन्न कार्यक्रम गरीे मनाइँदैछ ।सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले जानकारी दिनुभयो । यसअघि कञ्चनरुपमै १११औँ देवकोटा जयन्ती मनाइएकामा गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाइएको उहाँले बताउनुभयोे ।

साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी र योगदानबारे चर्चा हुनाका साथै साहित्यकारहरुले आ–आफ्ना सिर्जना वाचन गर्नुहुने कार्यक्रम छ । महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका उहाँका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । महाकवि देवकोटाका नेपाली साहित्यमा सयभन्दा बढी कृति रहनाका साथै ती नै कृतिका माध्यमबाट उहाँले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्ति झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभयो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्र्रह’ प्रकाशन गर्नुभएको थियो । विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनुभएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उहाँले सक्रिय योगदान पु¥याउनुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope