कोरोनाको कारण रोकिएको अध्ययन पुनः सञ्चालन गर्न सरकासँग अनुरोध


विभिन्न सात विद्यार्थी सङ्गठनले कोरोनाका कारण विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको रोकिएको पढाइमा अन्योल भएको भन्दै चीनलगायत अन्य देशसँग कूटनीतिक पहल गरी अध्ययन गर्ने वातावरण मिलाइदिन सरकासक्ष अनुरोध गरेका छन् ।

विद्यार्थी सङ्गठनहरुले विदेशमा अध्ययन गरिरहेका तर कारोनाका कारण स्वदेशमा फिर्ता हुनुपरेका विद्यार्थीले पुनः अध्ययन गर्न नपाएका भन्दै आज परराष्ट्रमन्त्री डा नारायण खड्कासमक्ष ज्ञापनपत्र बुझाएका हुन ।

सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी विद्यावारिधि, एमडी, एमएस, एमडीएस, एमबीबीएस, इञ्जिनियरिङ तथा एमबीएलगायतका कोर्ष अध्ययन गर्नबाट वञ्चित हुनुका साथै लगानीसमेत डुब्न लागेको भन्दै तत्काल पुनः अध्ययन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको बताइएको छ ।

यसरी माग गर्नेमा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र नेविसङ्का सभापति राजिव ढुङ्गाना हुनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope