आज ४४७ सङ्क्रमित थपिए


पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिनुभयो ।

हिजो मङ्गलबार ४६९ मा सङ्क्रमण देखिएका थिए । देशभर सक्रिय सङ्क्रमित नौ हजार १२३ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । उहाँका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् ।

सङ्क्रमित शून्य जिल्ला दुई

उहाँका अनुसार आज दुई जिल्लामा सङ्क्रमति शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् ।

योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा पौडेलले आज कोरोना सङ्क्रमणबाटन सात जनाको निधन भएको जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४३४ को निधन भएको छ ।

आज ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope