‘अर्लि इलेक्शन हुँदैन ’


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन भन्नुभयो ।

अध्यक्ष नेपालले सङ्घीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भन्नुभयो, “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा सङ्घीय उपनिर्वाचन पनि अब हुन्छ ।”

उहाँले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरुलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ ।”

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहङ्कार अब धेरै दिन टिक्दैन भन्नुभयो । उहाँ भन्नुभयो “ देशरूव्यापीपमा आफ्नो पार्टीमा आउनेको लहर बढेको छ । निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ ।”

कार्यक्रममा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठले आफ्नो कार्यकालमा शिलान्यास र उद्घाटन नगरे पनि प्रदेश सरकारबाट ल्याएको बजेटले जनताको पक्षमा काम गरेर देखाएको बताउनुभयो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज ध्रुवराज विष्टले नेकपा समाजवादीमा जनलहर बढेको जनाउँदै आगामी चुनावसम्ममा बलियो भएर पार्टी अगाडि बढ्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा समाजवादीका जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतले अन्यपार्टीको काँध चढेर चुनाव जितेर दम्भ पाल्नेहरु अहिले नै एमाले छाड्दै समाजवादी पार्टीमा आउनेको जनलहर देखेर खुट्टा काम्न थालेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष नेपालसहित अन्य अतिथिले मध्यपुरथिमिको शङ्खधरचोकमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकमा माल्र्यापर्ण गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope