पन्ध्र वर्षपछि बल्ल निर्माण सम्पन्न


बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ । विसं २०६३ मा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लाग्यो । यसका लागि रु ५९ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

गाउँपलिकाले रु २० लाख र प्रदेश सरकारले रु ३० लाख, साविकको जिल्ला विकास समितिले रु छ लाख ५० हजारका साथै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएकोे हो ।

चौहत्तर फिट लम्बाइ र ५६ फिट चौडाइको धर्मशालामा बैठक कक्ष र सातवटा कोठा छन् । शर्मशाला विवाह, पाटी, व्रतबन्धलगायत सामाजिककार्यमा यसलाई प्रयोगमा ल्याइने जनाइएको छ ।

शौचालय र भान्छाघर बनाउन रकम अभाव

धर्मशालामा रु ५९ लाख खर्च भइसके पनि शौचालय तयार भइसकेको छैन । सेफ्टीट्याङ्कीको काम सम्पन्न भइसकेको छ । माथिको संरचना तयार गर्न रकम अभाव छ । धर्मशाला पछाडिको खाली जमिनमा भान्छाघर बनाउने योजना रहेको निर्माण समितिका अध्यक्ष कुर्मीले बताउनुभयोे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope