प्रेस सेन्टरका दुई पुरस्कार


प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुबाआमाका नाममा रु एक÷एक लाखको पुरस्कार कोष खडा गर्नुभएको हो ।

थापाले बुवा भक्तबहादुर र आमा जगकुमारीको स्मृतिमा ‘भक्त–जग स्मृति पत्रकारिता पुरस्कार’ र खड्काले बुबा श्यामबहादुर र आमा चन्द्रकलीको नाममा ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका कोष खडा गर्नुभएको अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताउनुभयो।

दुवै पुरस्कारको घोषणा प्रेस सेन्टरको पाँचौँ जिल्ला सम्मेलनका अवसरमा घोषणा गरिएको थियो । जिल्लामा रहेर निष्पक्ष, व्यावसायिक तथा खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई वर्षेनी पुरस्कृत गरिने उहाँको भनाइ थियोे ।

“पुरस्कारको छुट्टै कार्यविधि बन्छ, अक्षयकोषबाट आउने ब्याज रकमबाट पुरस्कार प्रदान गरिनेछ”, अध्यक्ष थापाले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।” अक्षयकोषदाता थापाका बुवा भक्तबहादुर तत्कालीन मल्म गाविस वडा नं ७ को वडासदस्य र खड्काका बुवा श्यामबहादुर वडा नं ९ को वडाध्यक्ष हुनुहुन्थ्यो । दिवङ्गत बुवाआमाको सम्झनालाई चीरस्थायी बनाउन पत्रकारिता पुरस्कार कोष खडा गरिएको हो ।

यस पुरस्कारले पत्रकारितामार्फत समाज रुपान्तरणमा टेवा पु¥याउने पत्रकारलाई अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ । अक्षयकोषदाता थापा जापानस्थित गलकोट समाजका पूर्वअध्यक्ष र खड्का घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार हुनुहुन्छ । विसं २०६४ मा स्थापित प्रेस सेन्टरले पत्रकारिता क्षेत्रको विकासका लागि रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope