कालाबांगमा विद्युत् सेवा


वर्षौदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवन यापन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी कालाबांगवासी केन्द्रीय प्रसारण लाइनको विद्युत्ले गाउँ नै झिलीमिली भएपछि खुशी छन् ।

पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा –६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताउनुभयो ।

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए । केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । विद्युतीकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे थियो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope