आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व


सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ । गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने सो समुदायले धुमधामका साथ मनाएका हुन् । परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा देश विदेशमा रहेको वालुङ समुदायका आफ्ना आफन्त फुटुक पर्व मनाउन ओलाङचुङ गोलामा पुगेको थियो । पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिस जम्मा भएको थियो । पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेको थियो । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिनुभयो ।

यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्दछन् । यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्दछ । लामाको नृत्य हेर्न साथै आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बसेको शेर्पाले बताउनुभयो । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयको भनाइ छ ।

फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ । पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउँने गरेको छ । ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको स्थानीयको भनाइ रहेको छ । चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस बस्तीमा वालुङ समुदाको ५२ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्दछ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला नाका पर्दछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope