भाइटीकाको दक्षिणा अनाथाश्रमलाई

समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् ।
भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साँट्ने चलन हुन्छ तर ती उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथाश्रमलाई सहयोग गरेका हुन् । अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन् ।
आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहिनीको प्राप्त रकम सस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । रकम थोरै भए पनि आफूहरूको खुसी साहराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले जानकारी दिनुभयो । मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको सस्थाका अध्यक्ष थापाले बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस