यसपालि नदी किनारमै पूजास्थल तयार


कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् ।

स्थानीय तहमै छठपूजा समिति बनाएर भव्यरूपमा मनाउने तयारी गरिएको हो । समितिले छठ पूजालाई व्यवस्थित गर्न सफा पारिएको नदी किनारमा स्वाथ्य मापदण्ड अपनाएर पूजास्थल तयार गर्न लागेको छ ।

झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवालगायत नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपालि वृहत् तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो । सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने नदीमा वारपार गर्नका लागि बासको पुलसमेत बनाइएकोे छ ।

यसपटक हजारौँको सङ्ख्यामा छठका बर्तालुहरूले सामूहिकरूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठीदेवीको पूजा गर्दैछन् । कोभिड–१९ को सङ्क्रमण अझै रहिरहेको हुँदा दसैँ र तिहारमा जस्तै छठपर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope