नदी कटान रोक्न जैविक तटबन्ध निर्माण


पुर्नवास नगरपालिका–९ सीताबस्तीका करन ऐडीले दुई बिघा जग्गामा लगाएको उखुखेती वर्षेनी दोदा नदीमा आउने बाढीले जग्गा कटान गरी बगाउने गरेको छ । जग्गासँगै खेतमा रोपेको उखु बाली नदीको बाढीले बगाउन थालेपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । नदीमा पानीको बहाव उच्च भएका बेला बाढीको पानी खेतमा चढेर डुबानसमेत पार्ने गरेको छ ।

उखु बालीबाट उहाँले चाहेजस्तो आम्दानी लिन सक्नुभएको छैन । “नेपाल–भारतको सीमावर्ती क्षेत्र भएकाले नदीको धार परिवर्तन गर्न पनि सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “पहिला नदी भारततर्फ भएर बग्ने गरेको थियो । नेपालतर्फ खासै क्षति पु¥याउँदैनथ्यो । हाल नदीको धार परिवर्तन भई नेपालतर्फ भएर बग्न थालेपछि उब्जाउ जमिन बगाउन थालेको छ । भारततर्फ जङ्गल (दुधुवा नेशनल पार्क) भएकाले खासै क्षति पु¥याएको छैन ।” सीताबस्तीका दुई दर्जन परिवारको जग्गा नदी छेउमै पर्छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीले झण्डै ७०० मिटर क्षेत्रमा जग्गा कटान गरेको छ ।

धेरै किसानको जग्गा नदीले बगाई बगरमा परिणत गरिसकेको छ । नदीमा अझै पानीको बहाव उच्च हँुदा जग्गा कटान जारी छ । जग्गा कटान रोक्नका लागि स्थानीय बासिन्दाले विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणको कार्यमा जुटेका छन् । “धेरै ठाउँमा पुगेर जैविक तटबन्धको प्रभावकारिताका बारेमा जानकारी लिएपछि जैविक तटबन्ध निर्माणमा जुटेका छौँ”, समितिका अध्यक्ष पदम परियारले भन्नुभयो, “बाढीको पानीबाट जग्गा जोगाउनका लागि जैविक तटबन्धले प्रभावकारी भूमिका खेलेको पाइएपछि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी बाँसको जैविक तटबन्ध निर्माणमा जुटेका छौँ ।” थोरै लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणका लागि पुर्नवास नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पु¥याएको छ ।

कार्यक्रमअन्र्तगत नगरपालिकाले अदक्ष कामदारको ज्यालावापतको रकम व्यहोर्ने भएको छ । पहिलो चरणमा नदीको बहावले बढी क्षति पु¥याउन थालेको क्षेत्रमा ३०० मिटर जैविक तटबन्ध निर्माण भइरहेको छ । जसका लागि रु चार लाख ९१ हजार ९३३ बजेटको व्यवस्था गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope