लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन अपिल


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल गरेको छ ।

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी अपिलमा गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुनसक्ने भएकाले तथ्य तथ्याङ्कमा त्रुटि हुन नहुनेतर्फ सचेत गराइएको छ । सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ महाभियानका रूपमा प्रारम्भ गरिएको जनगणना सफल पार्न हामी सबै नेपालीको महत्वपूर्ण जिम्मेवारी रहने अपिलमा भनिएको छ ।

यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा आउने गणकलाई आफ्नो परिवारमा रहेका व्यक्तिको र सोधिएका प्रश्नको विस्तृत विवरण दिनका लागि अपिल गरिएको छ । जनगणना सफल पार्न सचेत नागरिक, सामाजिक सङ्घसंस्था सबैले आफ्नोतर्फबाट भूमिका खेल्न सबैलाई इन्सेकले आग्रह गरेको छ । तथ्याङ्क विभागले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो पारिवारिक तथ्याङ्क लिएर औपचारिकरुपमा जनगणना प्रारम्भ गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope