सङ्कटालाई युक्यानको साथ


आसन्न ए डिभिजन लिग फुटबल प्रतियोगिताको लागि चिनियाँ ब्राण्डको स्पोर्ट्स कम्पनी युक्यानले सङ्कटा क्लबलाई प्रायोजन गरेको छ ।

यसका लागि आज यहाँ आयोजित एक कार्यक्रममा युक्यानका प्रबन्ध निर्देशक राजीन महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । युक्यानले सङ्कटालाई ए डिभिजन लिगका लागि रु दश लाख बराबरीको खेल सामग्री उपलब्ध गराउनेछ ।

युक्यानका प्रबन्ध निर्देशक महर्जनले फुटबलप्रतिको मायाका कारण क्लबसँग विशेषरुपमा जोडिएको बताउनुभयो । त्यस्तै क्लबका अध्यक्ष तुलाधरले टिम वर्क र अनुशासन सङ्कटाको बलियो पक्ष रहेको बताउँदै आसन्न लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्कटा क्लबले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि २५ सदस्यीय टोली सार्वजनिकसमेत गरेको छ । टोलीमा गोलकिपर राजाबाबु थापा, रोहित कार्की र अजय महर्जन छन् भने रक्षकमा अर्नेस्ट टाम्पी, रवि सिलवाल, सरोज दाहाल, जनक कोइराला, अमित तामाङ, दीपेन्द्र विक, निराज बस्नेत र रोमन लिम्बू छन् ।

त्यसैगरी मिडफिल्डरमा रोशन पहरी, जय गुरुङ, सुभास गुरुङ, लक्ष्मण रुचाल, फोडे फोफना, टीकाराज गुरुङ र समिर बराल छन् भने स्ट्राइकरमा दिपेश आले मगर, गणेश हमाल, उत्तम राई, शीर्षक तुलाधर र यनिक छन् । प्रशिक्षकमा विष्णु गुरुङ र राजकुमार केसी छन् । त्यस्तै टिम व्यवस्थापकमा राजेश तुलाधर छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope