इन्धनको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग


विभिन्न विद्यार्थी सङ्गठनले सरकारले बुधवार गरेको इन्धनको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले यहाँ आज आयोजना गरेको ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति’ विषयक अन्तरक्रियामा सङ्गठनका नेताले कोरोना महामारीका कारण मारमा परेका जनतालाई थप मारमा पार्ने गरी इन्धनको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका गरेका छन् ।

अनेरास्ववियु ९क्रान्तिकारी० का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसिं लामिछाने र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीले दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नलिए शुक्रबार विद्यार्थी सङ्गठनले आन्दोलन गर्ने बताउनुभयो ।

बुधबार रातिदेखि लागू हुने गरी सरकारले इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु तीनले बढाइएको हो । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको बुधबारको बैठकले रातिदेखि लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ ।

अन्तरक्रियामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले मूल्य वृद्धि गर्नु सरकारको बाध्यता भएको जनाउँदै विरोध मात्रै गर्नेभन्दा पनि छलफलका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जिकिर गर्नुभयो । निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र शाहले मूल्यवृद्धि नभएर मूल्य समायोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै इन्डिकेटर अटोमेटिक छ, निगमको प्रशासनिक खर्च जम्मा ०।४८ प्रतिशत हो, बाँकी हाम्रो नियन्त्रणमा छैन ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope