श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित केन्द्रीय समिति घोषणा


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।

सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धिवीर वाहिङ राई, उपत्यका उपाध्यक्षमा शान्तराम बिडारी, प्रदेश उपाध्यक्षमा तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर महासचिवमा भूपराज खड्का, उपमहासचिवद्वय तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवत्रय सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाईं हुनुहन्छ ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चार जगतले मुलुकको राष्ट्रियता तथा जनजीविकाको पक्षमा कलम चलउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायलयमा भइरहेको विवादले न्यायिक क्षेत्र कुरुप बन्दै गइरहेकाले प्रधानन्यायाधीशले राजिनामा दिएर निकास दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सङ्गठनका संयोजक शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको पक्षमा आफ्नो सङ्गठनले देशभर गतिविधिलाई सञ्चालन गर्ने जानकारी दिनुभयो । पार्टी प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका उहाँले ओली सरकारको अकर्मण्यताका कारण करीब दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार पतन भएको बताउँदै इमान्दार कार्यकर्ताले कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope