जोखिम मोलेर वनभोज पुग्छन् आन्तरिक पर्यटकहरू


कैलालीको टीकापुर पार्कमा तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले वनभोज खान जानेहरुको भीड लाग्न थालेको छ । टीकापुर आसपासका क्षेत्रहरुबाट पार्कमा वनभोज खान पुग्नेहरुको साधन भनेको ट्र्याक्टर हो । ट्र्याक्टरमा भरिभराउ भएर आन्तरिक पर्यटकहरू पार्क पुग्ने गरेका छन् ।

प्रत्येक वर्ष तिहार सकिएसँगै आन्तरिक पर्यटकको भीड लाग्ने उक्त पार्क पुग्ने पर्यटकहरूको यात्रा भने निकै जोखिमपूर्ण हुने गरेको छ । यो समयमा पार्कमा दैनिक पाँच हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले अवलोकन गर्दै आएका छन् । नगरपालिकाले अहिलेको याममा पार्कबाट करिब रू १० लाखभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ ।

कैलालीको जानकी गाउँपालिका–६ का सुवर्ण चौधरी तिहारको समयमा घर आउनुभएको थियो । उहाँले गाउँकै साथीहरूसँग मिलेर देउसीभैलो खेल्नुभयो । देउसीभैलोबाट सङ्कलन भएको पैसाले उहाँ र उहाँका साथीहरु वनभोज खान तथा अवलोकनका लागि भन्दै टीकापुर पार्क पुग्नुभयो । ३० देखि ४० समूहसम्मका लागि पार्कले धान्छ। ट्र्याक्टरको ट्रलीमा डिजे साउन्ड बजाउँदै पार्कसम्मको जोखिमपूर्ण यात्रामा उहाँहरु पार्क त पुग्नुभयो तर डिजेको साउन्डले समुदायमा पारेको असरको उहाँहरुलाई कुनै प्रवाह भएन ।

“एकदुई दिनमा काम गर्न बाहिर जानुपर्छ । सबै साथीहरू मिलेर खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले एक दिन रमाइलो गर्न भनेर टीकापुर पार्क पुगेका हौँ,” सुवर्णले भन्नुभयो, “हामीले गरेको यात्रा निश्चयरुपमा पनि जोखिमपूर्ण छ । बस भाडामा लिनका लागि पैसा पुग्दैन र ट्र्याक्टरमा जति रमाइलो अरू सवारीसाधनमा हुँदैन ।” यो समस्या सुवर्णको मात्रै होइन, अहिले दैनिक पचासदेखि एक सयभन्दा बढी ट्र्याक्टर आन्तरिक पर्यटक बोक्नमै व्यस्त छन् । ट्र्याक्टरमा साउन्ड बजाउँदै होहल्ला गर्दै, नाच्दै जान पाइने र सस्तो पनि हुने भएकाले ट्र्याक्टर सबैको नजरमा छ तर त्यसको नराम्रो पक्षमा कसैको पनि ध्यान पुग्न सकेको छैन । कारणवश कुनै दुर्घटना भयोे भने सबैभन्दा बढी क्षति ट्र्याक्टरमा सवार गर्नेहरुकै हुने स्थानीयवासी बताउँछन् ।

स्थानीयवासी शेरबहादुर साउँदको घर पार्क जाने सडक छेउमै छ । हिजोआज आन्तरिक पर्यटकहरुको चहलपहल हुन थालेपछि राति राम्रोसँग सुत्नसमेत नपाएको गुनासो उहाँले गर्नुभयो । साउँदले यात्रा गर्नेहरु जोखिममा रहेको र उनीहरूले बजाउने साउन्ड सिस्टमले समुदायमा निकै असर पारेको छ भन्नुभयो । “ट्र्याक्टरमा मान्छेभन्दा बढी साउन्डका स्पिकर राखिएका हुन्छन् त्यसले समुदायमा ध्वनि प्रदूषण बढाएको छ ।” शेरबहादुरले भन्नुभयो, “यसले बिहान ५ देखि राति १० बजेसम्म नराम्रोसँग असर गर्दै आएकोे छ ।”

टीकापुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी देवेन्द्रबहादुर साउँदले वनभोजमा ट्र्याक्टर प्रयोग गरेर आउने पर्यटकहरुलाई व्यवस्थापन गर्न निकै कठिन भएको बताउनुभयो । “टाढाबाट मानिसहरू घुम्नका लागि आएका हुन्छन् । अब ट्र्याक्टरबाट झारेर ट्र्याक्टर खाली पठाउने हो भने आएका यात्रुहरुलाई कसरी पठाउने ?” उहाँले भन्नुभयो, “लाइसेन्स र ब्लुबुक नभएकाहरुलाई चिट काटेर पठाउने गरेका छाँै । यतिले मात्र दुर्घटनाको जोखिम घटाउने अवस्था भने छैन । उहाँले ट्र्याक्टरमा एकजनाभन्दा बढी चढ्नै नमिल्ने व्यवस्था भए पनि धेरै कुरा व्यावहारिक रुपमा पनि हेर्नुपर्ने हुन्छ ।”

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले टीकापुर पार्क रोडको भीडभाडलाई दृष्टिगत गरी नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त जाँच गर्न थालेको बताउनुभयो । उहाँले समुदायस्तरमा ठूलो आवाजमा साउन्ड बजाएको पाइए कारबाही गर्न निर्देशन दिएको बताउँदै टीकापुर क्षेत्रमा सडकको अवस्था पनि राम्रो नभएको र सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुहरू हुने भएकाले दुर्घटनाको जोखिम बढेको छ भन्नुभयो ।

दुर्घटनाको जोखिम कम गर्नका लागि योजनाअनुसार नै काम गर्दै आएको प्रहरीको जिकिर छ । अहिले वनभोज खान जानेहरुको अवस्था देख्दा त्यसले समाजको वातावरणलाई समेत खलल पार्ने काम भइरहेकोे त्यहाँका बासिन्दा बताउँछन् । बजार क्षेत्रमा झन चर्को आवाजका साउन्ड बजाउने र होहल्ला बढी गर्ने गरेको स्थानीय व्यापारीको गुनासो छ । त्यसै पनि ट्राफिक प्रहरीको निगरानीमा जहिले पनि प्रश्न उठ्ने गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope