खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक बिदा


सङ्खुवासभाको खाँदबारी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिबोधिनी एकाशीका अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले हरिबोधिनी एकादशीका अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताउनुभयो । कार्यपालिकाको निर्णयानुसार सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहनेछन् । चर्चित धाम मनकामना परिसरमा हरिबाधिनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ ।

हरिबोधिनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीयवासी बताउँछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope