थारू समुदायको मेडरी नाच लोप हुने चिन्ता


पूर्वी नवलपरासी जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला हो । थारू समुदायको आफ्नै मौलिक कला, संस्कृति छन् । ती कला, संस्कृतिको जगेर्ना गर्नका लागि यहाँका थारू समुदायका अगुवाहरूले पहल गर्दै आएका छन् । तर पनि थारू समुदायको पुरानो नाच मेडरी नाच लोप हुँदै गएको छ । थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति युवापुस्ताले चासो नदिएको थारू अगुवाहरू बताउँछन् ।

दैवीशक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायतका पर्वमा नचाइने गरिन्छ भने अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ । पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो । तर आजभोलिका पछिल्ला पुस्ताले चासो नदेखाउँदा मेडरी नाच लोप हुने अवस्थामा पुगेको थारू अगुवाहरूको ठम्याइ छ ।

थारूको जातीय पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । तर अहिलेका नयाँ पिँढीले मेडरी नाचको महत्व बिर्सिँदै गएको थारू अगुवा पुष्परत्न महतोले बताउनुभयो । “पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिनथ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिनथ्यो, तर अहिले गाउँघरमा पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले पुस्ताले चासो देखाउन छाडे”, महतोले भन्नुभयो, “अहिले त हराउँदै जान थाल्यो मेडरी नाच ।”

मेडरी नाच कृष्णलीलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभारत नाच र रामलीलामा आधारित सीताहरण नाच गरी तीन प्रकारको हुन्छ । यस नाचमा कम्तीमा १०० र बढीमा १५० नचनियाहरू गोलाकाररूपमा नाच्ने गर्दछन् । मेडरी नाच्दा मादल, झ्याली, तरबार र लट्ठीको प्रयोग गरिन्छ । नाचमा विशेषतः पुरुषहरू सहभागी हुने गर्दछन् । नाच सञ्चालन गर्नका निमित्त जनशक्ति धेरै र खर्चिलो हुने हुँदा सञ्चालन गर्न गाह्रो हुने गरेको महतो बताउनुहुन्छ ।

थारू समुदायको लाठी नाच झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको उहाँको बुझाइ छ । पछिल्लो समय जिल्लामा कुनै विषेश अवसरमा पाकापुस्ताले मेडरी नाच प्रस्तुत गर्ने गरेको उहाँ बताउनुहुन्छ । “धरै जना चाहिने हुँदा नाच देखाउनै समस्या छ, मान्छे पु¥याउनै गाह्रो छ, खर्च पनि लाग्छ, तर पनि जसोतसो कहिलेकाहीँ देखाउने गरेका छौँ”, महतोले भन्नुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope