रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

यहाँका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभएको छ । रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक सम्मानित हुनुभएको हो ।
करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक वर्ष २०७६÷०७७ मा रोल्पाकै सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रुपमा सम्मान गरेसँगै उहाँ लगातार छैटौ पटक सम्मानित हुनुभएको हो । रोल्पा–४ स्थित शुभम ट्रेडर्सका प्रोपराइटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गर्नुभएको छ ।
प्रोपाइटर डाँगी आर्थिक वर्ष २०७१÷०७२ देखि लगातार जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा सम्मानित हँुदै आउनुभएको छ । राज्यलाई जिल्लाबाटै सबैभन्दा बढी कर तिरेर सम्मानित भएकामा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले प्रतिक्रिया दिनुभयो । “राज्यलाई कर तिर्नु हरेक व्यवसायीले दायित्व भए पनि सबभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानीत हुनु मेरा लागि खुसीको कुरा हो”, डाँगीले भन्नुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस