नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गर्नुभएको छ ।

फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्कनुभएका उहाँले आफूले ती संस्थाका प्रतिनिधिलाई सो आग्रह गरेको जनाउनुभयो । उहाँले स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि सीपमूलक शिक्षा र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भएकाले त्यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले त्यहाँ रहँदा नेपाली जनप्रगतिशील मञ्च, फ्रान्सले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभएको थियो । मन्त्री पौडलका साथ शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी प्रतिनिधिमण्डलमा हुनुहुन्थ्यो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope