पर्यटकीय साझेदारी सम्बन्धमा छलफल


बङ्गलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपालको निमन्त्रणामा नेपालको परिचयात्मक भ्रमणमा रहेको पाटा बङ्गलादेशका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायी र सञ्चारकर्मीसँगको भेटमा पर्यटकीय साझेदारी बढाउँदै कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु पर्नेमा जोड दिइयो ।

पोखरा पर्यटन परिषद्को आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पाटा नेपालको संयोजनमा आयोजित कार्यक्रमका वक्ताले कोरोना महामारीका कारण प्रभावित पर्यटनलाई साझेदारीका माध्यमबाट अघि बढाउन सकिएमा चाँडै नै पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताए ।

पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित पर्यटनलाई उठाउनु अहिलेको आवश्यकता भएको चर्चा गर्दै छिमेकी राष्ट्रबीचको पर्यटकीय साझेदारी अपरिहार्य भएको बताउनुभयो । कोरोनाअघि नेपालमा वार्षिक २६ हजारको सङ्ख्यामा बङ्गलादेशका पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो ।

पाटा बङ्गलादेशका अध्यक्ष शाहीद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै यहाँका हिमाली दृश्यले बङ्गलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो । नेपाल र बङ्गलादेशबीच पर्यटकीय सम्बन्धलाई बलियो बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले एक देश र अर्को देशका व्यवसायीबीच हुने साझेदारीका कार्यक्रममले दुवैलाई फाइदा पुग्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्माले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस किसिमका कार्यक्रम अपरिहार्य भएको बताउँदै व्यवसायीबीचको यो कार्यक्रम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पाटा बङ्गलादेशका पदाधिकारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित १८ जना र पोखराका पर्यटन व्यवसायीको सहभागिता थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope