मधुमेही समाजलाई रु १० लाख सहयोग


काठमाडौँ महानगरपालिकाले मधुमेह रोग पहिचान, रोकथाम र नियन्त्रणका लागि नेपाल मधुमेही समाजलाई रु १० लाख सहयोग गर्ने भएको छ । विश्व मधुमेह दिवस २०२१ को सन्दर्भमा आज आयोजित कार्यक्रममा कामपा स्वास्थ्य विभाग र मधुमेही समाजबीच सम्झौता भएको हो ।

सम्झौताबमोजिम ज्येष्ठ नागरिकको परीक्षण निःशुल्क हुनेछ । यसमा चिनी रोग, अक्सिजनको मात्रा, रक्तचाप, परीक्षण निःशुल्क हुनेछ । यस परीक्षणबाट रोगको लक्षण देखिए थप उपचारका लागि पठाइनेछ । यसरी हुने उपचारमा नाम दर्ता, परामर्श, इसिजी, इको, भिडियो एक्स–रे, मुटु, मिर्गौला, कलेजो, प्रोस्टेडलगायतका परीक्षण निःशुल्क हुनेछन् । यसका लागि कामपाले समाजलाई आउँदो असार मसान्तसम्मका लागि रु १० लाख अनुदान रकम उपलब्ध गराउनेछ ।

सोही अवसरमा कामपा प्रमुख विद्यासुन्दर शाक्यले अहिले सबै घरघरमा मधुमेहका बिरामी हुनसक्ने भन्दै यसबाट हुनसक्ने जोखिम कम गर्नका लागि सबै सजग हुनुपर्ने बताउनुभयो । राजधानी बाहिरका नागरिकले उपचारका लागि काठमाडौँ आउनु नपर्ने र देशका कसैले पनि विशेषज्ञ स्वास्थ्य सेवाका लागि विदेश जानु नपर्ने अवस्था ल्याउन कामपाले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको उहाँको भनाइ थियो ।

यसअघि पनि कामपाले निःशुल्क डायलायसिस सेवाका लागि नेपाली सेनासँग सहकार्य गरेको छ । निकट भविष्यमा नै नेपाल प्रहरीसँग सहकार्य गरिने बताइएको छ । अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा छ । दोस्रो चरणको कोरोना महामारीका समयमा १२ वटा अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गरिएको प्रमुख शाक्यले जानकारी दिनुभयो । विश्वका हरेक १० मध्ये एक जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्याङ्कले देखाउँछ । हरेक वर्षको नोभेम्बर १४ तारिखका दिनलाई विश्व मधुमेह दिवसका रूपमा मनाइन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope