मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग

सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमा ल्याएर राखिएको थियो ।
लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि रु दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म रु एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिनुभयो ।
कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको रु दुई लाखमध्ये उपचारमा खर्च भएर अब रु ७५ हजार खातामा रहेको बताउनुभयो । बर्दियाको न्याउलापुर घर भई हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो । घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठननको व्यवस्था मिलाइएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस