व्यवसायमा विकल्प खोज्नुपर्ने चेम्बर्सको निष्कर्ष


भक्तपुर चेम्बर्स अफ कमर्सले व्यवसायीहरुले अब नयाँ विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको बताएको छ । भक्तपुर चेम्बर्स अफ कमर्सले आज मध्यपुरथिमिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कमर्सका भक्तपुर अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यवसायीहरुले नयाँ व्यावसायिक सम्भावनाहरुको खोजी गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

अब एक्लाएक्लै नभई सामूहिक लगानीमा व्यवसायीलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिँदै उहाँले व्यावसायिक समस्या र चुनौतीहरुसँग जुध्न सक्षम बनाउन सरकारी तथा स्थानीय निकायसँग माग मात्र राखेर समस्याको समाधान नहुने भएकाले व्यवसायमा वैकल्पिक उपायहरु खोज्नुपर्ने बताउनुभयो ।

भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास श्रेष्ठले चेम्बर भक्तपुरले गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योग वाणिज्य तथा समान उद्देश्य भएका अन्य सङ्घसंस्थासँग समन्वय र सहयोग आदानप्रदान गर्दै सामाजिक सेवामा पनि क्रियाशील रहँदै आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला चेम्बरका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने चेम्बर भक्तपुरका सल्लाहकार रोशन भोयद्योले उद्योगी व्यवसायीहरुको हकहित र अधिकारको संरक्षण, विकास र एकताका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope