कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित


नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजय हुनुभएको छ । काठमाडौँ क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए । काठमाडौँ क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope