एमाले केन्द्रीय सदस्यमा दमकबाट तीन जनाको उम्मेदवारी

नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दमकका तीन जना जनप्रतिनिधिसमेत रहेका नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसरी उम्मेदवारी घोषणा गर्नुहुनेमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, १ नम्बर प्रदेशसभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली हुनुहुन्छ । उहाँहरुले आफ्ना सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । तीनै जना उम्मेदवार दमक– ५ का बासिन्दा हुनुहुन्छ ।
दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशसभा सदस्य राईले आदिवासी जनजातिको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभयो ।
यसैगरी राष्ट्रियसभा सदस्य दाहालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएका नेता दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गर्नुभएको उल्लेख छ ।
यसैगरी दमक नगरपालिकाका प्रमुख ओलीले प्रदेश १ को भूगोलबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । दमकमा पत्रकार सम्मेलन गरेर उहाँले पार्टीको सङ्गठनात्मक सुदृढीकरणका साथै पार्टीले लिएको नीतिलाई जनतामाझ सशक्तरूपमा पु¥याउन आफूले उम्मेदवारी दिने बताउनुभयो । विसं २०३८ देखि पार्टी गतिविधिमा क्रियाशील रहेको स्मरण गर्दै उहाँले आफ्नो अब पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गर्नुभयो ।
एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हँुदैछ । महाधिवेशनले प्रदेश १ को भूगोलबाट दुई महिला र खुलाबाट दुई गरी कूल चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस