नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन आग्रह


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीले भिसा आवेदनका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न आग्रह गर्नुभयो ।

नेपालले द्विपक्षीय श्रमसम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गराउँदै सम्झौतालाई अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउन उहाँले आग्रह गर्नुभयो । पछिल्ला पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर सङ्ख्या सात हजार ६१८ नेपाली रोमानिया पुगेका छन् । भेटमा राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope