भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने


भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा जानकारी गराएको हो ।

वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताउनुभयो । आयोजनाका इञ्जिनीयर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रशारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताउनुभयो । नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope