शहीदको बलिदानको कदर हामीले गर्नुपर्छ ः मुख्यमन्त्री राउत

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले शहीदको बलिदानकै फलस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।
धनुषाको शहीदनगर नगरपालिकाको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको आज उद्घाटन गर्दै उहाँले शहीदको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने बताउनुभयो । मुख्यमन्त्री राउतले शहीदको बलिदानीको बलमा स्थापित प्रदेश सरकार शहीदहरुले देखेको सपना साकार गर्न सदैब तत्पर रहने विश्वास दिलाउनु भयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार समाजमा पछाडी परेका समुदायहरुको उत्थानको लागी जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था, छोरीहरुको शिक्षामा पहुँच बढाउन बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रमहरु ल्याएको बताउनु भयो । छोरी शिक्षा बीमा कोभिड महामारीका कारण हाललाई स्थगित भए पनि छिट्टै सञ्चालन हुने र त्यसले समाजमा नयाँ क्रान्ति ल्याउने जानकारी उहाँले दिनुभयो । प्रदेशसभा सदस्य राम आशिष यादवले पार्टी बाट जसपामा प्रवेश गरेकाहरुलाई स्वागत गर्नुभएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस