सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु ः मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई आझेलमा पर्न नदिने जानकारी दिनुभयो ।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामह नियम सङ्गत तरीकाले भए नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्नेसमेत आग्रह गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बस्ने बिपन्न वर्गका नागरिकले महसुस गर्ने गरी हामीले विकास गर्न थालेका छौँ, नागरिकले सोचेअनुसारको विकास हुँने छ ।” तत्कालीन संविधानसभा सदस्य हर्कबहादुर सिंहले जनताले प्रतक्ष अनुभूति पाउने गरी विकास हुनुपर्ने आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले चाहेको विकास हो, हामीले उनीहरुले प्रत्यक्ष अनुभूति हुने खालका विकासका काममा जोड दिनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले सुदूरपश्चिमका अधिकांश नागरिक कामका लागि भारत जाने परिपाटी अहिले पनि कायमै रहेका कारण अब यहाँका युवा तथा अन्य बेरोजगार युवाले गाउँमै रोजगारी पाउने गरी कामको सुरुआती हुनुपर्ने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope