आसा गरौ उमेर ढल्दै र रोगले च्याप्दै गएका ओली अब सुध्रिन्छन।


चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित भएको यो दोस्रोपटक हो । डा. भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका छन्। खसेको २०९६ मत मध्ये ओलीलाई १८०८ मत र भीम रावललाई २१३ मत प्राप्त भएको थियो ।

ओलीले त्यति मत ल्याएर जित्नु ठूलो वा आश्चर्यजनक कुरा होईन। सबैलाई थाहै थियो अधक्ष्यमा जित्ने ओलीले नै हो। महत्वपूर्ण कुरा त त्यो थाहा हुँदा हुँदै पनि डा भिम रावल प्रतिद्वन्दीको रुपमा उठ्नु र पार्टिलाई प्रजातान्त्रिक अभ्यासको बाटोमा डोर्याउने प्रयास गर्नु हो। ओली प्रवृतिलाई चुनौती दिनु हो । त्यहि भएर बधाई केपी ओलीलाई होईन रावललाई दिनुपर्छ ।

सबैभन्दा उदेक लाग्दो र लाजमर्दो त ओलीको अर्को बिकल्प नै नभेट्नु हो। ओली प्रवृतिका कारण (उनकै अहमता, छुद्र बोली, वाचालपन, घमण्डीपन, मनपरी आदी) नै हो ओलीले खाँदै गरेको प्रधानमन्त्रीको जागिर छोड्नु परेको, बर्षौ देखि एउटै पार्टिमा रहेर काम गरेका माधब कुमार नेपाल लगायतलाई गुमाउनुपरेको र पटक-पटक असफल भैसकेका प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रधानमन्त्री हुने जिम्मा आईलागेको। यो सबै देख्दा देख्दै पनि फेरी ओली नै यो पार्टीको अधक्ष्यमा निर्वाचित हुनु (त्यो पनि भारि मतले) भनेको पार्टीभित्रको झोले प्रवृति, दास मनोवृति, र व्यक्तिगत स्वार्थको निरन्तरता हो ।

हिजो माधब नेपालको पक्षमा लागेकाहरू पनि अन्तिममा ओली पक्षमा नै आएर मिल्नुले उनिहरू आफै बीच कति असुरक्षित महसुश गर्दा रहेछन भन्ने कुरा देखाउँछ। त्यस कुरालाई चतुर ओलीले मज्जाले बुझेका छन् । यी सबैकुराले ओली प्रवृतिको पोषण, हैकमबाद, र निरंकुशताको जगेर्ना गर्छ । यसले ओलीलाई र ओली प्रवृतिलाई झन् मौलाउन प्रेरित गर्छ । यस्तो प्रवृतिले न पार्टीको भबिस्य निर्माण गर्नसक्छ, न देशले सहि नेतृत्व पाउन सक्छ।

आसा गरौ उमेर ढल्दै र रोगले च्याप्दै गएका ओली अब सुध्रिन्छन।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope