प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा


प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् ।

यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सम्मेलनमा सहभागी शुक्रबार आउने छन् ।

सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने छ । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य आजबाटै आउन सुरु गर्ने सेन्टरले जनाएको छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो । पार्टीका अध्यक्ष दाहालको गृह जिल्ला भएकाले सम्मेलन चितवनमा गर्न लागिएको हो । हालै मात्र चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन र नेकपा मालेको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । राष्ट्रियस्तरका महाधिवेशन र सम्मेलन यहाँ भएसँगै आर्थिक क्षेत्र चलायमान हुने व्यवसायीले जनाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope