भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा


दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘भरतपुर अस्पताल सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन् ।

सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन् । उहाँले भन्नुभयो, “घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएका हौँ ।” उहाँको भनाइमा जिल्लामा निजीमाभन्दा राम्रो सरकारी अस्पतालमा घाइतेको उपचार गर्न सकिन्छ । सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक पनि छन् । केही वर्षअघि घाइतेको पहिलो उपचार सरकारीमा गर्नुपर्ने भन्दै लबिङ भए पनि सफल हुन सकेको छैन ।

सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । वार्षिक रु एक करोड ५० लाख हाराहारी बजेट आउने गरेको छ । सो रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालले निर्माण थालेको ५० श्ययाको आकास्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope