३२ टन चिया नष्ट गरिँदै


जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो ।

गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope