साहित्यिक पत्रकार सङ्घलाई पूर्णता

नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय कार्यसमितिमा ११ साहित्यिक पत्रकार मनोनयन गरिएको छ ।
सङ्घको यही मङ्सिर ३ गते काभ्रेको वनेपामा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष मोहन दुवालको अध्यक्षतामा आज भएको पहिलो बैठकले कार्यसमितिलाई पूर्णता दिँदै नयाँ कार्ययोजना पारित गरिएको सङ्घका महासचिव चेतनाथ धमलाले जानकारी दिनुभयो ।
मनोनित हुनेमा इन्द्रकुमार श्रेष्ठ ‘सरित’, ठाकुर शर्मा, देवेन्द्र लम्साल, सञ्जय साह ‘मित्र’, नरेशवीर शाक्य, विष्णु भण्डारी, लम्जेल सङ्घर्षशील, अर्जुन तामाङ, इन्द्रकुमार विकल्प, श्रीराम श्रेष्ठ र अच्युत अधिकारी हुनुहुन्छ ।
महासचिव धमलाले साहित्यिक पत्रपत्रिकाको इतिहास र अभिलेख सङ्कलन, साहित्यिक पत्रकारको भ्रमण आदानप्रदान, सङ्गोष्ठीको आयोजना, ‘आलेखन’ वार्षिक पत्रिकाको नियमित प्रकाशनलगायतका कार्ययोजना पारित भएको जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस