आगलागीपीडित परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर


यहाँ नेपाल प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आज जिल्ला सदरमुकाम गमगढीमा रहेको कालिका मालिका मन्दिरको चौरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

चिसो बढेसँगै हिमाली जिल्लामा चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने समय भएकाले रोगबारे जनचेतना जगाउन तथा गत कात्तिक २९ गते गमगढी बजारमा आगलागी हँुदा घर जलेर हाल त्रिपाल तथा आफन्तका घरमा बस्दै आएका आगलागीपीडित परिवारको समयमै निःशुल्क जाँचबाट उपचारसमेत होस् भन्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।

शिविर सञ्चालनका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट स्वास्थ्यकर्मीको टोली आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । बिहानैदेखि आफ्नो स्वास्थ्य जाँच गर्न शिविरमा सर्वसाधारण लाइनमा बसेका छन् । शिविरमा चिसोजन्य रोगका सबैखाले औषधि ल्याएको र यहाँ परीक्षण गरेर सर्वसाधारणले बाहिर कुनै पनि औषधि किन्न नपरोस् भनेर पुग्दो मात्रामा स्वास्थ्य टोलीले औषधि ल्याएको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो ।

शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्न पुगेका सर्वसाधारण निःशुल्क जाँच र औषधि पाउँदा खुसी देखिन्थे । शिविरमा परीक्षण गरेका छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँका ७३ वर्षीय तिलकप्रसाद चौलागार्इंले आफूलाई चिकित्सकले राम्रो परीक्षण गरेको र औषधि निःशुल्क दिएको बताउनुभयो ।

“चिसोले खोकी लागेको थियो, परीक्षणपछि औषधि पाए, त्यो औषधि मेडिकलमा किनेको भए कम्तीमा रु दुई हजार जाथ्यो, मैले सितैमा पाए”, उहाँले भन्नुभयो । घरमा काम गर्दा लडेर सामान्य घाइते हुनुभएकी छायाँनाथ रारा–५ ढुम गाउँकी ५३ वर्षीय जलुका बुढा उपचारका लागि जिल्ला अस्पताल मुगु जाँदै गर्दा गमगढीमा प्रहरीले निःशुल्क स्वास्थ्य शिविर गरेको थाहा पाएर अस्पताल नगई शिविरमा आएको बताउनुभयो ।

शिविरमा गत कात्तिक २९ गते गमगढी बजारमा भएको आगलागीबाट पीडित भएका परिवारका सदस्यको स्वास्थ्य जाँच र औषधि उपचार पहिलो प्राथमिकता रहेको पनि शिविर आयोजक स्वास्थ्य टोलीले बताएको छ ।

कात्तिक २९ गते राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हँुदा २० घर पूर्ण, पाँच घर अर्ध, ती घरमा रहेका २४ होटेल पसल तथा ३३ कोठा लिएर बसेकाको सरसामान जलेर खरानी भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope