अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने


२१ मङ्सिर (रासस÷एएफपी) ः अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताउनु भएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको “उत्सव“ मा योगदान नगर्ने बताउनु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope