जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था


स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन् ।

अहिले एउटा वडामा कम्तीमा एक अहेव र एक अनमी छन् । स–सानो उपचारका लागि स्थानीयवासीले वडा छाड्नुपर्ने बाध्यता टरेको छ । आधारभूत स्वास्थ्य एकाइमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन् । त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयवासीले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन् ।

जिल्लामा छ स्थानीय तह छन् । स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको सङ्ख्या पनि बढेको हो । छ स्थानीय तहमा छवटा अस्पताल छन् । दुई अस्पताल पुराना हुन् भने चार स्थानीय तहले आफैँ चिकित्सकसहितको अस्पताल सञ्चालनमा ल्याएका छन् । मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै थिए । आठबीसकोट नगरपालिकाले ९ नं वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ । चौरजहारीले १० नं वडाको खोलागाउँ, सानीभेरीले ७ नं वडाको छोटेबगर र त्रिवेणीले ३ नं वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन् ।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले स्थानीय तह भनेको सङ्घीयता कार्यान्वयनको मुख्य आधार भएको बताउनुभयो । आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकार केन्द्रित भएको उहाँको भनाइ छ । छवटै स्थानीय तहले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छन् । कुनै वडामा त दुई वटासम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । अहिले स–साना स्वास्थ्य समस्या वडामै निदान भइरहेको चौरजहारी नगरपालिका–१२ कालीबहादुर ओलीले बताउनुभयो । “वडा बनेपछि स्वास्थ्यचौकी पनि वडामै बन्यो र सेवा पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले खोप सेवा, परिवार नियोजन सुविधा र सामान्य उपचार घर नजिकै पाइरहेका छौँ ।”

जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन् । चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै सेवा पाइरहेको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope