अध्यक्ष ओली भन्छन हामी मुलुकमा अराजकता…


नेकपा ९एमाले०का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताउनुभएको छ । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उहाँले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पार्नुभयो । उहाँले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राख्नुभयो ।

अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गर्नुभयो । “राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ” उहाँले भन्नुभयो, “राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय र एकता जोगाउन सकिन्न ।”

उहाँले कुनै कमिटीमा छानेर नेता हुने भ्रम पनि नराख्न आग्रह गर्नुभयो । “पार्टी चोइटिएपछि पार्टी अध्यक्ष भइहालिन्छ । अध्यक्ष, उपाध्यक्षजस्ता पद प्राप्त गर्ने कुरा ठूला होइनन्” उहाँले भन्नुभयो, “नेताको आनीबानी, अरुसँग गर्ने व्यवहारले पनि नेतालाई स्थापित गर्दछ ।”

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले चितवनमा सम्पन्न भएको पार्टी महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । भोलिदेखि शुरु हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति र कार्यभार बनाउनेसमेत बताउनुभयो ।
:


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope