६९ हजार मेट्रिक टन धान क्षति


गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिक टन धान क्षति भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यस पटक १ लाख ९३ हजार ९८४ मेट्रिक टन धान यहाँ उत्पादन भएको जानकारी दिनुभयो । “उत्पादन भएको मध्ये ६९ हजार २७३ मेट्रिक टन क्षति भयो”, उहाँले भन्नुभयो, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको मध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।”

धान खेती समेट्ने बेला आएको वर्षातले खेतमै धान कुहिनुका साथै बाढीले बगाएर लगेको थियो । खेतीको विवरण सङ्कलन गरिए पनि किसानले सरकारबाट अहिलेसम्म राहत भने पाएका छैनन् । यहाँबाट लगत सङ्कलन गरेर प्रदेश कृषि मन्त्रालयमा पठाइएको छ ।

किसानलाई मलकै समस्या

कञ्चनपुरका किसान गहुँ छरेर सिँचाइ गर्ने बेला मलखाद नपाउँदा चिन्तित बनेका छन् । हरेक खेतीको बेला अनुदानको मलखादको अभाव रहेने यहाँ यसपटक पनि गहुँ खेतीका लागि सरकारले एक हजार मेट्रिक टन मात्रै युरिया मल पठाएको कृषि सामग्री कम्पनी लिमिडेट महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले जानकारी दिनुभयो । “मल नपाएर किसानलाई समस्या नै छ”, उहाँले भन्नुभयो, “५६ हजार हेक्टरलाई एक हजार मेट्रिक टन मलले पुग्ने कुरै आउँदैन् ।” उहाँले हालसम्म सहकारीमार्फत जिल्लाभर ७०० मेट्रिक टन युरिया वितरण गरिएको जानकारी दिनुभयो ।

यहाँ नौ वटै पालिकामा उप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अनुदानको मल वितरण व्यवस्थापन समिति बनेको बताउनुभयो । “सरकारले हामीमार्फत दुई तिहाई र साल्ट्र टे«डिङ पर्कोरेशनमार्फत वितरण गर्छ ।” उहाँले भन्नुभयो, “मलखाद आवश्यकताअनुसार पूर्ति गर्न सकिएन ।” उहाँले कृषि सामग्री कम्पनी लिमिडेट महेन्द्रनगरलाई वार्षिक लक्ष्य दुई हजार ५०० मेट्रिन युरिया र एक हजार ८०० मेट्रिक टन डिएपी वितरणको लक्ष्य दिइएको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope