नेप्सेमा उच्च अङ्कको गिरावट


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ ।

केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । नेप्से झण्डै ११०० अङ्कले घटेको छ भने बजार पूँजीकरण रु १२ खर्बले घटेको छ । नेप्सेका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.४७ अङ्कले घटेर ४३७.५९ मा ओर्लिएको छ । कूल २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर रु तीन अर्ब ९९ करोड ५६ लाख चार हजार १७८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.११, व्यापार ९९.११, होटल तथा पर्यटन ५४.९२, विकास बैंक २११.७६, जलविद्युत् १०५.८२, वित्त १०९.७८, निर्जीवन बीमा ५४५.९८, उत्पादन १७१.७२, अन्य ६९.३५, लघुवित्त १८७.३३, जीवन बीमा ४२५.३३, सामूहिक लगानी कोष ०.२४ र लगानी ३.५५ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब सात अर्ब ७८ करोड १० लाख ९५ हजार ९० बराबर पुगेको छ ।

कारोबारका आधारमा सोमबार नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १८ करोड तीन लाख ५९ हजार ३०२ बराबरको कारोबार भयो । यस्तै, नेशल हाइड्रोपावर रु १३ करोड ४१ लाख ९८ हजार ३३०, हिमालयन डिस्टिलरी रु १२ करोड आठ लाख २६ हजार ४५०, मञ्जुश्री फाइनान्स रु १० करोड ९२ लाख ९५ हजार ७७४ रमहालक्ष्मी विकास बैंक रु १० करोड १३ लाख आठ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स ९.४७, बोटलर्स नेपाल तराई ५.४०, युनिलिभर नेपाल ४.०३, माउण्टेन इनर्जी ३.९२ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले घटेको बजारमा २.०५ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६३, नेशनल हाइड्रोपावर ९.४८, गुडविल फाइनान्स ९.४२ र आँखु खोला जलविद्युत् कम्पनीको शेयर ९.२७ प्रतिशतले घटेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope