अझै सम्पन्न भएन जैसीदेवल पुनःनिर्माण


भूकम्पले भत्किएको जैसीदेवल पुनःनिर्माण सुरु भएको साँढे पाँच वर्षमा तीनपटक म्याद थपइ भए पनि काम सम्पन्न हुनसकेको छैन । भूकम्पछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्र्रिय पुनःनिर्माण प्राधिकरणको अवधि सकिन केही दिन बाँकी रहँदा पनि जैसीदेवलजस्ता सयौँ सम्पदा अलपत्र अवस्थामा छन् । प्राधिकरणको म्याद आगामी पुस ९ गते सकिँदै छ । प्राधिकरणले भने पुनःनिर्माणका अधिकांश काम सकिएको दाबी गर्दै पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलनसमेत सम्पन्न गरिसकेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण शुरु भएको साँढे पाँच वर्ष पूरा भएपनि सम्पन्न हुन सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले विसं २०७३ साउनमै शुरु गरेको हो ।

सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका वडा नं -२१ का पूर्व वडा अध्यक्ष जुजुकाजी तण्डुकार बताउनुहुन्छ ।

“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इट्टा प्रयोग गरेर काम शुरु भएको छ, निर्माण स्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माण अघि स्थानीयवासीसँग छलफल समेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्तै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”-देवलअघिको किराना पसलबाट पुनःनिर्माणको सूक्ष्म अवलोकन गरिरहनुभएका उहाँले भन्नुभयो ।

देवल पुनःनिर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेग ः र दशअवतार मन्दिरसमेत पुनःनिर्माण गरिरहेकाले काममा अवरोध भइरहेको छ । माजुदेग ः काठमाडौँ महानगरपालिकाको ठेक्कामा व्यवसायीेले ठेक्का पाएको हो । दशअवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो । वरिपरि फलामको ठण्डी ठड्याएर राखेको वर्षौँसम्म अलपत्र भएको स्थानीयवासी रविना मानन्धरले बताउनुभयो ।

यस क्षेत्रकै तीन वटा सम्पदा पुनःनिर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन । २१ नं. वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखेपनि काम भएको नदेखिने बताउनुहुन्छ । ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीलेसमेत वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाई छ ।

पुनःनिर्माणमा पुराना सामग्रीको प्रयोग

विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउनुहुन्छ । कति पुराना र कति नयाँ सामग्री राखेर पुनःनिर्माण गर्ने भन्ने पारदर्शी रुपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन । देवल निर्माण हेर्नुहुने विभागका इन्जिनीयर पूणर्बहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार जीणर् नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको बताउनुहुन्छ । “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नाम लगायत जानकारी दिने सूचना पाटी राख्न पटक पटक भनिए पनि व्यवसायीले राखेका छैनन्”-उहाँले भन्नुभयो ।

निर्माण कम्पनी प्राकृतिक/सानो सुवाल/एसपी जेभीले देवल पुनःनिर्माण गरिरहेको हो । देवल पुनःनिर्माणमा पुराना र नयाँ दुवैथरी निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ । नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ । तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरी निर्माण सामग्री मिसाएर काम हुने जनाइएको छ ।

चौँथोपटक म्याद थप्ने तयारी

विसं २०७४ असार मसान्तसम्म देवल पुनःनिर्माण सक्नुपर्ने निर्माण व्यवसायीसँगको सम्झौता पत्रमा उल्लेख थियो । २०७३ साल साउन २८ गते देवल पुनःनिर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभाग लगायतको समूहले देवल क्षेत्रमा उत्खनन् गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको दावी छ ।

तोकिएको समयमा पुनःनिर्माण नसकिएपछि २०७६ माघ मसान्तसम्म पहिलोपटक म्याद थपिएको थियो । प्राधिकरणका सचिवस्तरको निणर्य अनुसार पुनःनिर्माणको म्याद थपिएको विभागका अधिकारीहरुले जनाएका छन् । पहिलोपटक थपिएको समयमा पनि काम सकाउन निर्माण व्यवसायीले ध्यान दिएनन् । २०७७ साल असार ५ गतेको निणर्य अनुसार २०७७ चैतसम्म दोस्रोपटक म्याद थपिएको थियो । एकै स्थानमा एउटै निर्माण व्यवसायीलाई तीन वटा सम्पदा पुनःनिर्माणको ठेक्का दिने र नसक्दा कारबाही पनि नगर्ने सरकारी निकायका कारण निर्माण व्यवसायीमा हामीले जे गरेपनि हुन्छ भन्ने भावनाको विकास भएको स्थानीय युवा श्याम खड्गी बताउनुहुन्छ ।

दोस्रोपटक थपिएको समयमा पुनःनिर्माण सम्पन्न नभएपछि तेस्रोपटक म्याद थपका लागि निर्माण व्यवसायीले २०७८ असार मसान्तसम्मको म्याद माग गरेकामा असोज मसान्तसम्म थप गरिएको थियो । यो समयमा पनि निर्माण व्यवसायीले काम सकेका छैनन् । तेस्रोपटक कोरोनाका कारण काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले म्याद चौँथोपटक थपको माग गरिरहेका छन् ।

कोरोनाको दोस्रो लहर भन्दै अर्थ मन्त्रालयको २०७८ भदौ ३ गतेको निणर्य अनुसार आगामी चैत मसान्तसम्म चौँथोपटक म्याद थप गर्ने तयारी भएको छ । हाल देव पुनःनिर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको विभागका प्रवक्ता कुँवरले सुनाउनुभयो । देवल पुनःनिर्माणको लागत रु पाँच करोड ४६ लाख ६० हजार ७२८ छ ।

देवलको ऐतिहासिकता

देवल नेपाल संवत् ७०४ मा कान्तिपुर राज्यका बडा हाकिम लक्ष्मीनारायण जोशीले निर्माण गर्नुभएको हो । जोशीदेवल हुँदै कालान्तरमा अपभ्रंश भई जैसीदेवल नाम रहन गएको भनाई यहाँका स्थानीयवासीको छ ।

ककनी, रानीपौवा, जीतपुरफेदी, दगुर्नेपानीदेखिका जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले पनि यो देवललाई जैसीदेवल नामकरण गरिएको भन्ने अर्काथरीको भनाई छ ।

विसं १९८९ मा देवशम्शेरले देवलको जीणर्ोद्धार गरेपछि यसलाई देवजागेश्वर महादेव पनि भन्न थालिएको स्थानीय ८६ वर्षीय वृद्ध शङ्करमान रञ्जितकारले जानकारी दिनुभयो । त्यसअघि देवलमा स्थापना गरिएको महादेवलाई जागेश्वर महादेव भनिन्थ्यो । विसं २०१५ मा अञ्चलाधीश विष्णुमणि आचार्यको नेतृत्वमा स्थानीयवासीले फेरि देवलको जीणर्ोद्धार गरे । त्यतिबेला जीणर्ोद्धारको काममा संलग्न हुनेलाई अञ्चलाधीश कार्यालयले ज्याला स्वरुप गहुँ दिएको उहाँको स्मरणमा ताजा छ ।

जीणर्ोद्धारपछि त्यसै वर्ष तत्कालीन महारानी रत्नराज्यलक्ष्मीले तीन हजार लिटर पानी अट्ने सिमेन्टको पानी ट्याङ्की बनाइदिनुभएको छ । २०४५ सालको भूकम्पले चर्किएको देवल २०६३ सम्म बन्न नसकेपछि स्थानीयवासीको सक्रियतामा विभाग र काठमाडौँ महानगरपालिकाको सक्रियतामा रु २८ लाखको लागतमा जीणर्ोद्धार भएको थियो । तत्कालीन समयमा बचेको पैसाले नजिकैको कृष्णमन्दिर पनि जीणर्ोद्धार गरिएको पूर्व वडा अध्यक्ष तण्डुकारले सुनाउनुभयो । रातो मच्छेन्द्रनाथ राख्ने उद्देश्यले निर्माण गरिएको देवलमा पछि नराखिएको जैसीदेवल युथ क्लबका सदस्य राजेन्द्र मानन्धरले बताउनुभयो ।

भक्तपुरको पाँचतले मन्दिर पनि रातो मच्छेन्द्रनाथ राख्नकै लागि बनाइएकामा पछि पाटनमा राखिएको स्थानीयवासीको भनाइ छ । रातो मच्छेन्द्रनाथ पाटनमा राखिएपछि यस ठाउँ जोशी एवम् जैसीदेवलकै रुपमा प्रसिद्ध भयो । ऐतिहासिक सम्पदा पुनःनिर्माण वर्षौँदेखि अलपत्र हुँदा स्थानीयवासी भने दुःखी छन् । सधैँ फलामको डण्डा ठड्याएको देखिएपनि कहिल्यै नबनेकामा स्थानीयवासीले गुनासो गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope