१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै


कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको इञ्जिनियर विवेक सापकोटाले बताउनुभयो ।

जैमिनी नगरपालिकाको जैमिनी धामदेखि कुश्मीशेरा बजार निस्किने २.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको रु ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो । रु ५२ लाखको लागमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ ।

पुरानो बजारक्षेत्र कालोपत्र भए पनि नयाँ बजार विस्तार भइरहेको क्षेत्रमा पनि कालोपत्र गर्ने योजना नगरपालिकाको छ । सहरी विकास मन्त्रालयसँगको समन्वयमा नयाँ बजार क्षेत्र कालोपत्रको काम गरिने उहाँले बताउनुभयो । दक्षिण बागलुङको केन्द्र मानिने कुश्मीशेरा बजारमा बजार विस्तार भए पनि सडक विस्तार हुन सकेको थिएन । पछिल्लो समय नगरपालिकाले सडक नाली, असजिलो सडकमा ढलान तथा ग्राभेल र साँघुरा सडक फराकिला बनाउँदै आएको छ ।

विसं २०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न झण्डै १७ वर्ष कुर्नुपरेको थियो । सदरमुकामदेखि जैमिनी नगरको मुकाम जाने सडकमध्ये डेढ किलोमिटर सडकमात्रै जैमिनी नगरपालिकामा कालोपत्र छ । बजारको सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवातजावतमा सहज हुने वडाध्यक्ष भूपेन्द्र थापाले बताउनुभयो । व्यापारिक केन्द्रसमेत भएकाले यहाँ सर्वसाधारण चाप धेरै छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope