कांग्रेस सहमहामन्त्रीमा त्रय उपाध्याय, परियार र आङ्दाम्बे विजयी


नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याउनुभएको छ । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको काँग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले जानकारी दिनुभयो ।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । उहाँले दुई हजार २१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मानबहादुर श्विकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभएको छ । दलितर्फ कूल चार हजार ६७० मत खसेको थियो । त्यस्तै कांग्रेसको जनताति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी विकास लामाले विकास लामाले एक हजार ९१३ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापति बाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope