पाल्पामा ११ साहित्यकार सम्मानित

साहित्य क्षेत्रमा योगदान गर्ने ११ व्यक्ति यहाँ सम्मानित हुनुभएको छ । कमलराज रेग्मी वर्ष पुरस्कारबाट कलाकार तथा साहित्यकार अशोकमान सिंह रु २५ हजार राशिसहित सम्मानित हुनुभएको हो ।
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालको छैटौँ निर्वाचन अधिवेशनको अवसरमा कुलमणि देवकोटा प्रतिभा पुरस्कारबाट देवेन्द्र लम्साल र लक्ष्मीप्रिय जगतबहादुर प्रतिभा पुरस्कारबाट भागीरथी श्रेष्ठ, जगत कुलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट नीलकण्ठ न्यौपाने सम्मानित हुनुभएको हो । सम्मानित हुने तीनै साहित्यकारलाई रु पाँच÷पाँच हजार राशिले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले बताउनुभयो ।
त्यसैगरी इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट देवीप्रसाद बज्राचार्य, दीननाना साहित्य सेवा सम्मानबाट शारदा खनाल, शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट किरण कौशल, राधाबद्री स्मृति स्वयंसेवा सम्मानबाट वंकिमचन्द्र खनाल, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट अम्बिका मल्ल सम्मानित हुनुभएको हो । सम्मानितलाई रु तीन÷तीन हजार राशिले सम्मान गरिएको जनाइएको छ ।
बालहरि स्वास्थ्य सेवा सम्मानबाट सुरेन्द्र पौडेल, तुलठगी प्रतिभा पुरस्कारबाट न्यू होराइजन माविका विशाखा बज्राचार्य र कृतिका पाण्डे, रितिका खनाल र सिम्रन शर्मा बन्जाडे सम्मानित हुनुभएको हो ।
अग्रज साहित्यकार हरिबहादुर कुँवरले साहित्यका क्षेत्रबाट सामाजिक रुपान्तरण जारी रहेको बताउनुभयो । समाजमा साहित्य सिर्जना जटिल कार्य भएको र साहित्यकारलाई सामाजिक सम्मानको आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले कमलराज रेग्मी वर्ष पुरस्कार रु ५१ हजार प्रदान गर्ने र विमला कमल, छात्रवृत्तिलाई स्नातक तहसम्म प्रदान गर्ने घोषणा गर्नुभएको प्रतिष्ठानका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस